विराटनगर २७ चैत । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ताप्लेजुङ, पाँचथर र तेहृथुमका एक–एक स्थानीय तहहरुमा बीमा सम्वन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष केशरकुमार सुब्बाले बीमा जोखिम कभर गर्ने महत्वपूर्ण औजार रहेको भन्दै बीमाको महत्व बुझाउदै धेरै स्थानीय तहले बीमा नीति बनाएर कार्यन्वयन गरिसकेको उदाहरण […]
विराटनगर २६ चैत । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा अध्ययनरत कक्षा १ उत्तिर्ण विद्यार्थीको आज दिक्षान्त समारोह सम्पन्न भएको छ । प्ले ग्रुप देखि कक्षा १ सम्मको अध्ययन पुरा गरेका विद्यार्थीलाई आज एक समारोहका बिच दिक्षित गरिएको हो । एभरेष्टको सभाहलमा सम्पन्न समारोहमा कक्षा १ उत्तिर्ण गरेका ७६ जना बालबालिकालाई दिक्षित गरिएको एभरेष्ट मन्टेश्वरीकी […]
विराटनगर २६ चैत । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पनि पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले […]
विराटनगर २६ चैत । भोजपुरको षडानन्द नगरपालिकाकी एसुविना कार्कीले सोमबार कक्षा ९ को प्रवेश परीक्षा पोखरिया माविबाट दिईन । धनकुटाको निजामति आवासीय विद्यालयबाट कक्षा ८ को अध्ययन पुरा गरेकी उनले कक्षा ९ देखि पोखरिया माविमा पढ्ने इच्छा भएकाले परीक्षामा सहभागि भएको बताईन । विद्यालयको सवै पक्ष राम्रो भएकाले रोजाईमा पाखरिया परेको कार्कीको भनाई छ । […]
काठमाण्डौं २५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको उतार्ने दाबी गरेको छ । जनप्रदर्शनको तयारीका बारेमा जानकारी दिन आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको सबै तयारी पूरा भएको जानकारी दिए । आफूहरूको प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उनले सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण गराएका […]