अध्यादेश सहमतीमा पारित हुन्छ : एमाले महासचिव पोखरेल

विराटनगर ३ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेश सहमतीका आधारमा पास हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आज सत्तापक्षहरुबीच आज बैठकबाट सहमतीका कायम हुने विश्वास व्यक्त गर्नु भयो । महासचिव पोखरेलले अध्यादेशका लागि सहमती व्यक्तिगत सांसदबाट होइन राजनीतिक दलको नेतृत्ववाट लिने बताउनु भयो । उहाँले अध्यादेश नेपालको अर्थतन्त्रमा देखिएका संकट समाधानको प्रयत्न स्वरुप ल्याइएको हो भन्दै यसलाई अन्तर्राष्ट्रिय समूदाय, औद्योगीक क्षेत्र,व्यापारिक क्षेत्र, लगानीकर्ताहरुको समर्थन रहेको छ र ढिलोचाँडो दलहरुले समेत समर्थन गर्ने विश्वास जनाउनु भयो ।

महासचिव पोखरेलले भन्नु भयो,‘नेपालमा पुराना ढाँचावाट पार्टीहरुको एकता गर्ने सोचको औचित्य अव समाप्त भएको छ’। उहाँले नेपालमा राजनीतिक स्थायितवका लागि वलिया दलहरुको आवश्यक्ता रहेको धारणा राख्नु भयो ।