भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा लागेका छौं : मुख्यमन्त्री कार्की

विराटनगर, ३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानवीय संशाधनको विकासमा पनि काम गरिहेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेश सरकारद्वारा आज आयोजित‘कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा सरकारले विकास निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ सरकार पुँजी निर्माण गर्न र गरिबी निवारण पनि काम गरिरहेको छ ।’

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भन्दै पर्यटन वर्ष र चिया सम्मेलन गर्ने सरकारको योजना र नीतिबाट पुँजी निर्माणको आधार खडा हुने कुरामा जोड दिनुभयो । उहाँले प्रदेशको राजधानी तोक्न र प्रदेशको नामकरण गर्न सरकारको उलब्धि हो भन्दै नामकरणको विषयमा पहिचानवादीले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकार आवश्यक छलफल एवं संवाद गरिरहेको बताउनुभयो ।

सरकारले यस प्रदेशमा पहिचानको क्षेत्रमा अत्याधिक काम गरेको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘ स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणमा सबैको साथ र सहयोग आवश्यक छ ।’ उहाँले सरकारको कमी कमजोरीलाई स्वस्थ आलोचना गरी सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्दै कर होइन करको क्षेत्र विस्तार गर्ने धारणा राख्नुभयो ।