राजनीतिक स्थायित्व भएमा धेरै विकास गर्न सकिने : कोशीका सभामुख विष्ट

विराटनगर ३ फागुन । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले विविधता र संभावना बोकेको यो प्रदेशमा राजनीतिक स्थायित्व भएमा धेरै विकास गर्न सकिने बताउनुभयो ।

कोशी प्रदेश सरकारको ७ औं बार्षिकोत्सवको अवसरमा आज मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकारले स्थायी आम्दानीको खोज र लगानी गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका प्रमुखसचिव केदारनाथ शर्माले आवश्यक जनशक्तिको अभावमा पनि प्रदेश सरकार मूलभूत उद्देश्यमा सफल भएको बताउँदै राष्ट्र सेवक कर्मचारीहरु सरकारले ल्याउने योजना, नीति र नियमको परिधिभित्र रहि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सरकारले सात वर्षको अवधिमा गरेको उलब्धिहरु संगालिएको पुस्तक पनि सार्वजनिक गर्नुभएको थियो ।