कोशी प्रदेशमा चिया सम्मेलनको तयारी गरिरहेका छौं : मुख्यमन्त्री कार्की

इलाम, १५ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा यही हिउँदमा चिया सम्मेलन आयोजना गर्ने बताउनुभएको छ । इलामको सूर्याेदय नगरपालिकाको वर्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको […]

मोरङका उद्योगी र बैंकर्सले भने –आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक

विराटनगर १५ साउन । मोरङका उद्योगी व्यवसायी र बैंकर्सले आ.व. २०८१–०८२ को मौद्रिक नीति सकारात्मक रहेको बताएका छन् । उनीहरुले मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्र वैंकले आ.व. २०८१-८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आगामी दिनमा अर्थतन्त्रम पर्ने प्रभावका सन्र्दभमा उद्योगी-व्यवसायी, वैंकर्स र चार्टर्ड एकाउन्टेन्टहरुको उपस्थितिमा उद्योग संगठन […]

सहभागिता र प्रतिनिधित्वको अधिकारबारे नेत्रहिन यूवा संघ मोरङद्धारा सरोकारवालाको ध्यानाकर्षण

विराटनगर १५ साउन । नेत्रहिन यूवा संघ मोरङले राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारबारे सरोकारवालाको ध्यानाकर्षण गराएको छ । राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ […]

बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख परिवर्तन

विराटनगर १५ साउन । सरकारले तीनवटा प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको  हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । […]

कोशीमा संयुक्त सरकार बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर, १४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो । […]