विराटनगर हेरिटेजका बिद्यार्थी र बैज्ञानिक डा. महाविर पुनवीच अन्तरक्रिया

विराटनगर १८ चैत । हेरिटेज इन्टरनेसनल स्कुल विराटनगरले विद्यार्थी र वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनबीच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो अवसरमा स्कुलका बिद्यार्थीहरुले बैज्ञानिक पुनसंग विभिन्न जिज्ञासा राखेका थिए । बिद्यार्थीहरुले डा. पुनको अभियान र नयाँ आविष्कारका विषयमा प्रश्न राखेका थिए । बिद्यार्थीको जिज्ञासा मेट्ने क्रममा डा. पुनले आविष्कार केन्द्र र आफ्नो अभियानको बारे जानकारी गराउनु भएको थियो । उहाँले बिद्यार्थीहरुलाई अध्ययनमा ध्यान दिन सुझाब दिनुभयो ।

सो अवसरमा डा. पुनको अभियानलाई सहयोग हेतु विद्यालयले २१ हजार बराबरको पुस्तक खरिद गरेको प्रिन्सिपल सुशान्त बाँनियाले जानकारी दिनुभयो ।

वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन वीरगंजस्थित कृषि औजार कारखाना संचालनकालागि खर्च जुटाउन भन्दै पुस्तक बिक्रि अभियानमा क्रममा केहिदिनयता विराटनगरमा रहनु भएको छ ।