सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नागरिक उन्मुक्ति

विराटनगर २१ असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । नागरिक उन्मुक्तिले संघ सरकारबाट पनि बाहिरिएर समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्री वा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]

नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरद्धारा सांसद वाग्लेसँग छलफल

विराटनगर, २० असार । नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) विराटनगर च्याप्टरले अर्थविद् एवम् प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेसँग लर्निङ सेसन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै उपसभापति डा. वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन जोखिम मोलेर उत्पादन र उच्च उत्पादकत्व गर्छु भन्ने अठोटका साथ काम […]

४.० जीपीए ल्याउनेको रोजाई बन्यो विराटनगरको एभरेष्ट

विराटनगर १९ असार । एसईईमा ४ जीपीए ल्याउने ७ जनाले विराटनगर–५ स्थित एभरेष्ट कलेजलाई रोज्ने भएका छन् । ति मध्ये चार जनाले बिहिबार भर्ना गरिसकेको एभरेष्ट कलेजले जनाएको छ । कलेजका अनुसार बिहीबार एभरेष्टबाट एसईई दिएका प्रेम खतिवडा र कृती गोयल यस्तै झापा गौरादह स्थित माउण्ट एभरेष्टका अर्पण राय र मोरङकै पथरी शनिश्चरे स्थित वाल्मीकि […]

कान्तिपुर कलेजमा दिए १४३२ जना विद्यार्थीले प्रवेश परीक्षा

विराटनगर १९ असार । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावकहरूको पहिलो रोजाइमा परेको विराटनगरको कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको उल्लेखनीय चाप देखिएको छ। कलेजले आज आयोजना गरेको प्रवेश परीक्षामा निर्धारित कोटाभन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका छन् । कक्षा ११ को तीन वटा संकायमा कूल १ हजार ५० जनाको कोटा निर्धारण गरिएको […]

६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण, कोशी प्रदेशमा ३३४ संक्रमित

विराटनगर १९ असार । समयमा नै सावधानी अपनाउन नसके यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको बताएको छ । डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा […]