मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको भौतिक संरचनासहित अधिकांश अभिलेख नष्ट

विराटनगर ५ असोज । जेनजी आन्दोलनका. क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा परी मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको भौतिक संरचनासहित अधिकांश अभिलेख नष्ट भएको छ । विराटनगरस्थित यी दुवै अदालतको अभिलेख शाखामा रहेका दुई लाखभन्दा बढी मिसिल जलेर नष्ट भएको बताइएको छ । २०२१ सालमा स्थापना भएको जिल्ला अदालतको अभिलेख शाखामा […]

तेक्वान्दो संघ मोरङ अध्यक्षमा दिवस नेपाल

विराटनगर ४ असोज । नेपाल तेक्वान्दो संघ मोरङको अध्यक्षमा दिवस नेपाल पुनः निर्वाचित हुनु भएको छ । विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीमा आज भएको चौथो जिल्ला अधिवेशनबाट नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो । नेपाल दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो । समितिको उपाध्यक्षद्वय तीर्थराज पोखरेल र ईश्वर बाँस्कोटा […]

जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनुपर्छ : डा कोइराला

विराटनगर, ४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जेनजीको आन्दोलन संविधान संशोधनतर्फ रहेको बताउनुभएको छ । विराटनगर स्थित कोइरालाल निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनु पर्ने भन्दै भदौ २३ र २४ गते भएको घटनाको अलग–अलग छानबिन हुनु पर्ने कुरामा जोड दिनुभयो । नेता डा. कोइरालाले संविधानमा कम […]

लेखापढी एशोसिएसन विराटनगरको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

विराटनगर ४ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित हुनु भएको छ । बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी हुनु […]

संविधान दिवसको अवसरमा पत्रकार महासंघ कोशीद्धारा दीप प्रज्वलन

विराटनगर ३ असोज । संविधान दिवस २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले दीपप्रज्वलन कार्यक्रम गरेको छ । महासंघ कोशी प्रदेशको प्राङ्गणमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश महासंघका पदाधिकारीहरु, मोरङ महासंघका पदाधिकारी तथा सदस्यहरु, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, प्रेस मञ्चका प्रदेश तथा जिल्ला संगठनका […]