लेखापढी एशोसिएसन विराटनगरको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

विराटनगर ४ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः निर्वाचित हुनु भएको छ ।

बुढीगंगा गाउँपालिकामा घर भएका न्यौपाने एशोसिएसनको लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । शुक्रबार सम्पन्न भएको निर्वाचनमा न्यौपानेको प्यानल नै निर्वाचित भएको हो । न्यौपाने २२० मतका साथ अध्यक्षमा विजयी हुनु भयो । उहाँका निकतम प्रतिद्वन्दी लोकेन्द्रनाथ पोखरेलले ५४ मत मात्रै प्राप्त गर्नुभयोे ।

उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सहसचिवमा अजयकुमार साह, कोषाध्यक्ष, हृदयकुमार राजवंशी र सहकोषाध्यक्ष हरेराम यादव निर्वाचित हुनु भएको छ ।

कार्यसमिति सदस्यमा आशनारायण चौधरी, जानकीकुमारी माझी, निरज यादव, वेदनाथ निरौला, मनोजकुमार थापा, रमेशकुमार यादव र सन्तोषकमार पूर्व विजयी हुनु भएको छ ।