पार्टी नेतृत्वले कमी कमजोरी सच्याउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ । नेकपा (एमाले ) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले जेनजीले […]

आज संविधान दिवस मनाइँदै

विराटनगर ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । विविध कार्यक्रमको आयोजना गरी मुलुकभर संविधान दिवस मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने […]

कोशी प्रदेश मन्त्रिपरिषद्को निर्णय : ५ लाख सम्मका योजना कार्यान्वयन नगरिने

विराटनगर २ असोज । कोशी प्रदेश सरकारले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । जेनजी आन्दोलन पछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता […]

एमाले मोरङले शुरु गर्यो कार्यकर्ता भेटघाट

विराटनगर ३१ असोज । नेकपा एमाले मोरङले जेनजीको आन्दोलन पछि पहिलो पटक सार्वजनिक रुपमा कार्यकर्ता भेलाको कार्यक्रम गरेको छ । जेनजीको आन्दोलनपछि कार्यकर्तामा बढेको निरासालाई शक्तिमा बदल्ने उद्देश्यले कार्यकर्ता भेला आयोजना गरिएको एमाले मोरङले जनाएको छ । नेताहरुलाई अलग्गै मञ्चमा नराखी कार्यकर्ताको आमनेसामने राखेर कार्यकर्ताको सुझाव लिएर नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थायी […]

तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त कार्यालयको मुख्यमन्त्री कार्कीद्धारा अनुगमन, ४२ वटा कार्यालय र २३७ वटा सवारीमा क्षति

विराटनगर ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय […]