सरकार ढल्ने विषयमा सत्यता छैन : डा. काेइराला

विराटनगर ९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले केपी शर्मा ओली नेतृत्वकाे सरकार ढल्ने विषयमा सत्यता नभएको बताउनु भएकाे छ । गठबन्धन सरकारले सात बुँदे सम्झौता अनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयाे । नेपाल प्रेस युनियन माेरङले आज विहान काेइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाले भन्नुभयाे, ‘संविधान संशोधन, सुशासन र आर्थिक विकासको कुरालाई सरकारले […]

झुट र आधार विहिन कुराको पछि नलागौं : मुख्यमन्त्री कार्की

विराटनगर ९ माघ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले विरुद्ध खडा गरिने भ्रमबाट सावधान रहन आग्रह गर्नु भएको छ । एमाले विरुद्ध खडा गरिने सवै प्रकारका बुख्याच्याबाट सावधान रहन उहाँले आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुक मार्फत अहिले एमाले विरुद्ध र एमाले नेतृत्वको सरकार विरुद्ध भ्रम छर्ने […]

एमाले कोशी प्रदेशले अघि सार्यो शहरी विकासको अवधारणा

विराटनगर ८ माघ । नेकपा एमाले कोशी प्रदेश सहरी विकास विभागले प्रदेशको सहरी विकासका लागि विराटनगरबाट अभियानको शुरुवात गरेको छ । विभागले आज विराटनगरमा महानगरीय अवधारणा विषयक कार्यशाला गोष्ठि गर्दै अभियान शुरु भएको जनाएको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणका लागि नयाँ शहरहरुको पहिचान, शहरी पूर्वाधारहरुको तीव्र गतिमा विकास, ऐन कानुनको समय सापेक्ष […]

एमाले विराटनगरद्धारा वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन

विराटनगर ८ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीले वडा कमिटीमा देखिएको समस्या समाधानका लागि समिति गठन गरेको छ । पुस २९ गते बसेको पदाधिकारी बैठकले वडा नं. ३ लगायतका लामो समयदेखि निस्कृय रहेका शाखा (वडा) कमिटीहरुमा ३० दिन भित्रमा वडा अधिवेशन गर्ने गरि अधिवेशन आयोजक कमिटी गठन गरेको थियो । आयोजक कमिटी गठन गरिएका […]

विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो

विराटनगर, ८ माघ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ का उद्घाटन मिति एक दिन पछि सरेको छ । कार्यक्रमको समुद्घाटन कार्यक्रम माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागी केहि प्र्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन कार्यक्रमलाई एक दिन पछि सार्नु परेको […]