मनमोहन मेमोरियल क्रिकेट प्रतियोगिता बैशाख १३ देखि हुने

विराटनगर ९ वैशाख । तेस्रो संस्करणको मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी बैशाख १३ गतेदेखि २० गतेसम्म विराटनगरमा हुने भएको छ । .एम. कप फाउण्डेशन इनरूवा, सुनसरीको आयोजनामा ५० ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुने आज विराटनगरमा पत्रकार सम्मेलनगरि जानकारी दिईएको छ । प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम […]

विद्यार्थी आन्दोलनको बदलिँदो स्वरुप र वर्तमान अवस्थाबारे छलफल

विराटनगर ८ वैशाख । विराट युवा विचारक मञ्चले हालै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा विजयी तीनवटै क्याम्पसका पदाधिकारी तथा सदस्यहरूलाई अभिमुखीकरण गरेको छ । तीनवटा राजनीतिक दलका नेताहरुको सहभागितामा सम्पन्न अभिमुखीकरणको सुरुमा एलिट क्लबका महासचिव तथा अग्रज पत्रकार यज्ञ शर्माले विद्यार्थी आन्दोलनको बदलिँदो स्वरुपको चर्चा गर्दै वर्तमान अवस्थामा स्वतन्त्र विद्यार्थी युनियनको भुमिका स्तरीय पठनपाठनका लागि […]

नेपाल निजामति कर्मचारी संगठन मोरङद्धारा रक्तदान कार्यक्रम

विराटनगर ८ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३५ औ स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति मोरङले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको छ । जिल्ला समन्वय समिति मोरङको सभाहलमा आयोजित कार्यक्रममा ६३ जना रक्तदाता कर्मचारीहरुले रक्तदान गरेको मोरङ संगठनका अध्यक्ष शालिगराम कोइरालाले वताउनुभयो । रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय […]

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु

विराटनगर ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा […]

गैसस मोरङको आयोजनामा प्रस्ताव लेखन तालिम

विराटनगर ७ वैशाख । गैरसरकारी संस्था महासंघ मोरङको आयोजनामा आइतबारदेखि प्रस्ताव तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको सहकार्यमा आयोजित दुई दिने तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । आफूसित भएको सीप कसैले खोस्न नसक्ने बताउँदै मेयर […]