विराटनगर, चैत २६ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेको छ । विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो । आइतबार राति नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने […]
विराटनगर २६ चैत । नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको नवर्निमित भवनको उद्घाटन गरिएको छ । भवनको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच आज उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिनुभयो । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा […]
विराटनगर २६ चैत । विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे । तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि […]
विराटनगर, २४ चैत । कोभिड–१९ को नयाँ भेरियन्ट एक्सवीवी १.१६ सक्रमण बढेसँगै मोरङमा नियन्त्रणका लागि काम शुरु भएको छ । सरोकारवालाहरुले कोरोना भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी बढाउने, कोभिड अस्पताललाई व्यवस्थित बनाउने र कोशी अस्पताल विराटनगरमा रहेका आइसियु, एचडियुलाई व्यवस्थित बनाउनु पर्ने सहभागीहरुले जोड दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकमा […]
विराटनगर, २४ चैत । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा आज विराटनगरमा प्रभातफेरी निकालिएको छ । विराटनगरको देवकोटास्थित मन्त्रालयबाट निस्केको प्रभातफेरीले नगरकोको मुख्य मुख्य परिक्रमा गरि पुनः मन्त्रालयमा कोण सभामा परिणत भएको थियो । प्रभातफेरीमा स्वास्थ्यमन्त्री निर्मला लिम्वु, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, मन्त्रालयका कर्मचारी, स्वास्थ्य कार्यालय र विराटनगर महानगरपालिका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको […]