विराटनगर, २३ वैशाख । नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्राली (ब्रोकर नं १९)ले पूँजीबजारबारे युवा तथा विद्यार्थीलाई जानकारी गराएको छ ।
उदयपुरको गाईघाटमा पूँजीबजार सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी पूँजीबजारको संभावना र चुनौतिका विषयमा जानकारी गराएको हो । संस्थागत सामाजिक उत्तरदायित्व सचेतना कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज ट्रेडिङ प्रालीले जनाएको छ ।
कार्यक्रममा शेयरबजारका विभिन्न पक्षका बारेमा युवा लगानीकर्ता तथा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कार्यक्रममा उदयपुरका युवालगानीकर्ताहरू र वरुवा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।