प्याब्सनमा आवद्ध सदस्यहरुको न्यूरोले सहुलियतमा उपचार गर्ने

विराटनगर २२ वैशाख । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने समझदारी भएको छ । समझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको हो ।

समझदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गर्नुभएको छ । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, संचालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सहुलियतमा उपचार गरिदिने भएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतापछि ओपीडि निःशुल्क, ल्याबमा विशेष छुट दिने गरेको छ ।

सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, वरिष्ठ सल्लाहकार सावित्रा कुमारी पराजुली,प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिब अशोक लामालगायतको उपस्थिती रहेको थियो ।