विराटनगर २३ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो ।
जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो । उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई पनि पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट शाखा घोषित भएको अमाही, राप्ती र विराटनगर शाखालाई पनि पुरस्कृत गरेको छ । कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखामा एक हजार आठ जना कर्मचारी कार्यरत छन् । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।
उत्कृष्ट कर्मचारी र शाखालाई जीवन विकासका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्तका वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरु गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले प्रमाणपत्र तथा मेडल प्रदान गर्नुभएको थियो ।