कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय एमाले विराटनगर संगठन कमिटी गठन

विराटनगर १० असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको अध्यक्षमा रोहित कोइरालालाई चयन गरिएको छ । कोइरालाको अध्यक्षतामा २०३ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । नवगठित कमिटीको आज सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । एमाले मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेले […]

विराटनगरको भब्या इन्टरनेशनलमा आगलागी

विराटनगर ९ असोज । विराटनगर महानगरपालिका–२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो २ बजेतिर लागेको आगो ३ः४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको […]

कृत्रिम गर्भाधारणमा ‘सरोगेसी’लाई नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड

विराटनगर ९ असोज । कृत्रिम गर्भाधारणमा ‘सरोगेसी’लाई नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिईएको छ । सरोगेसीलाई पनि मुख्यपाटोको रुपमा हेरेर सोही बमोजिम नीतिगत व्यवस्था गर्नुपर्ने, स्वनिर्णयको आधारमा आफ्नो गर्भाशय प्रयोग गरी सरोगेट बन्न इच्छुक महिलाको श्रमको उचित मूल्यांकन हुनुपर्ने तथा सुरक्षित र शोषणमूक्त भई सरोेगेट बन्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृत्रिम गर्भाधारणको प्रविधिमा सबैको समान र […]

ईश्वर साना किसान कृषि सहकारीको १३ औं बार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पून : कोइरी

विराटनगर ९ असोज । ईस्वर साना किसान कृषि सहकारी संस्था लि.को १३ औं बार्षिक साधारण सभा मंगलबार कटहरी ४ को कुशवाहा सामुदायिक भवनमा सम्पन्न भएको छ । बचत तथा ऋण सहकारीबाट सानाकिसान कृषि सहकारी अभियानमा रुपान्तरण भएको सहकारीले किसान भएको क्षेत्रमा गएर आफ्नो साधारण सभा सम्पन्न गरेको हो । २०६९ साल जेठ २ गते दर्ता […]

स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया

विराटनगर ८ असाेज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश समितिको आयोजनामा स्वास्थ्य पुनर्स्थापना सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा सरोकारवालाहरूसँग अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य पुर्नस्थापना र पहुँचको विषयमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य […]