विराटनगर २७ वैशाख । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकमा राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताउनु भएको छ । पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताले ठूलो संघर्षबाट हटाएका निरङ्कुश राजतन्त्र मुलुकमा पुनः फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष बिजुक्छेले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङकुश रहेको चर्चा […]
विराटनगर २५ वैशाख । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईविरुद्ध गृह जिल्ला खोटाङमा नाराबाजी भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत रहेका राईविरुद्ध बिहिबार गृह जिल्ला खोटाङमा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका हुन । खोटाङको साकेला गाउँपालिकामा कार्यकर्ता भेटघाटका लागि गएका राईले दादागिरी देखाएको भन्दै कांग्रेसकै कार्यकर्ताले उनी विरुद्ध नाराबाजी […]
विराटनगर २३ वैशाख । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ । नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी […]
विराटनगर २१ वैशाख । नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटीले जनजीविकाको सवालमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले विभिन्न माग राखी ज्ञापन पत्र बुझाउनुभएको हो। उहाँले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको हो। ज्ञापनपत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशले सक्ने […]
विराटनगर १३ वैशाख । नेकपा माओवादी केन्द्र विराटनगर महानगरमा जनार्दन शर्मा समूहको प्यानलनै आएको छ । वैशाख ७ गते माओवादी अध्यक्ष पुष्ष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको अधिवेशनको नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भएको हो । प्रचण्ड समूहकी अध्यक्ष पदकी उम्मेदवार नमिता न्यौपानेको पक्षमा सहमति नजुटेपछि आज मतदान भएको छ । न्यौपानेलाई अध्यक्ष बनाउनकै लागि […]