विराटनगर ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिषा प्रकरणमा देश र जनताको हितका निम्ति सहमति गर्न बाध्य भएको बताउनु भएको छ । विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानी गर्दै अध्यक्ष दाहालले निजामति कर्मचारी सेवा र शिक्षा ऐन संसदबाट छिटो पारित गर्नुपर्ने लगायतको विषयले सहमति गर्नुपरेको बताउनुभयाे । अहिलेको यो सहमतिले भिजिट भिषाको सम्बन्धमा […]
विराटनगर २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमर नेपाल माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अदालतका विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री नेपाल माथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरोस् भत्रुभयो । उहाँले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो […]
१८ औँ गणतन्त्र दिवस– जेठ १५ को सन्दर्भमा नेकपा (एमाले), पथरी शनिश्चरे नगरपालिका, मोरङले आयोजना गरेको अग्रजप्रतिको सम्मानमा यो पंक्तिकारलाई पनि सामेल हुने मौका मिल्यो । पछिल्ला दिनहरूमा कार्यक्रमलाई औसत सामान्यभन्दा पनि बढ्ता रचनात्मक ढंगले मनाउने चलन प्रचलन बढेसँगै यो कार्यक्रम पनि त्यसको एउटा निरन्तरता हो । नगरको नेतृत्वमा युवापात्र सञ्जीव गिरी आइसकेपछि यसखालका कार्यक्रमले […]
विराटनगर १६ जेठ । गणतन्त्र दिवसको उपलक्ष्यमा विराट युवा विचारक मञ्च विराटनगरले गणतन्त्र की राजतन्त्र विषय अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको युवा नेता अनुराज पाठक, नेकपा एमाले जिल्ला कमिटि सदस्य मिलन घिमिरे, डिग्री क्याम्पस विराटनगरका स्वभियु सभापति प्रितम साहले गणतन्त्रको पक्षमा आफ्ना विचार राखेका थिए । वक्ताहरुले राजतन्त्रमा जनताको अधिकार कुण्ठित […]
विराटनगर १३ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनु जरुरी रहेको बताउनु भएको छ । जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्नेमा जोड दिनु भयो । नेता डा […]