सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्यो : पूर्व प्रधानमन्त्री भट्टराई

विराटनगर ५ कात्तिक । नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले नै खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गरिरहेको आरोप लगाउनु भएको छ । आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्काे व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । पोखरामा सोमबारदेखि सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष […]

पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

विराटनगर ३ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । राती करिब पानै ३ वजे कार्यालय प्रवेश गराइएको बताईएको छ । […]

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् […]

एमाले विराटनगर कमिटीको शुभकामना आदान – प्रदान कार्यक्रम

विराटनगर १९ असोज । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको चाडपर्व लक्षित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा आउँदै गरेको चाडपर्व लक्षित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । महानगर संगठन कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा […]

काेशी प्रदेशमा विशेष विपद प्राधिकरण गठन गरी राहत तथा पुनस्र्थापना  कार्य शुरु गर्न एमालेकाे ध्यानाकर्षण

विराटनगर १९ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा हालै आएको अविरल बर्षाका कारण वाढी पहिरोबाट भएको सडक, पुल लगायत क्षतिलाई दशैं अगाडि मर्मतसम्भार गरिने बताउनु भएको छ। मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले प्रदेश समितिका इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको […]