एमालेबाट मिक्लाजुङको अध्यक्षमा ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार

विराटनगर, ११ वैशाख । नेकपा एमालेले मोरङको मिक्लाजुङको उम्मेदवार टुङ्याएको छ । अध्यक्षमा नरेन्द्रप्रसाद ढुङ्गेल र उपाध्यक्षमा निर्मला राई उम्मेदवार हुने एमाले प्रदेश कमिटीले जनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हासिल गरेको थियो ।

मोरङको पथरीमा एमालेबाट तुम्बापो र काफ्ले

विराटनगर, । आगमी वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालले मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट मोहन तुम्बापो लाई मेयर र देबी माया काफ्लेलाई उपमेयरमा उठाउने निर्णय गरेको छ । एमाले मोरङ जिल्ला कमिटीको सिफारिसमा एमालेको प्रदेश १ समितिले उक्त निर्णय गरेको हो ।

एमालेबाट उर्लाबारीको मेयरमा खरेल र उपमेयरमा पौडेलले उम्मेदवारी दिने

विराटनगर, १० वैशाख । नेकपा एमालेबाट उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेलले उम्मेदवारी दिनु हुने भएको छ । नगरको उपमेयरमा मीना पौडेलको नाम फाईनल भएको एक नेताले जानकारी दिए । उर्लाबारी नगरपालिकाको वडा नम्वर १ बाट तिलक पाण्डे, २ बाट इन्द्र दाहाल, ३ बाट भिष्म बुढाथोकी, ४ बाट लक्ष्मीनारायण धिमाल, ५ बाट रविन लामा, ६ बाट […]

मोरङका स्थानीय तहमा एमालेबाट क कस्ले पाए टिकट

विराटनगर, १० वैशाख । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका केही पालिका बाहेक मेयर र उपमेयरको टुङ्गो लागेको छ । श्रोतका अनुसार सुनवर्षी नगरपालिकाको मेयरमा श्याम गनगाई र उपमेयरमा मीराकुमारी दास, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्टको निश्चित भएको छ । उपमेयरमा दमयन्ता चुँडाल र देवी गौतमको नाममा छलफल भईरहेको […]

नेकपा ‘एस’ मोरङ एक्लै निर्वाचनमा जाने

विराटनगर, १० वैशाख । सत्तारुढ गठबन्धनवीच सहमति कायम नभए नेकपा एकीकृत (समाजवादी ) मोरङ एक्लै निर्वाचनमा जाने घोषणा गरेको छ । सो पार्टीको जिल्ला कमिटीले विराटनगर महानगरबाहेकका सबै स्थानीय तहमा उम्मेद्वार टुंगो लगाएको पनि जनाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न जिल्ला पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उम्मेद्वार टुंगो गरेको हो । समाजवादीको बैठकले पोलिटब्यूरो सदस्य […]