मुख्य सडकलाई पार्किङ निषेध गर्ने महानगरको निर्णय पुनः लागू

विराटनगर ५ वैशाख । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गर्न भन्दै केही समय स्थगित गरेको पार्किङ निषेध अभियानलाई महानगरले आजदेखि पुनः पूर्ववत् अवस्थामै कार्यान्वयनमा ल्याएको हो । मंगलबार शनिमन्दिरदेखि अस्पतालचोक, जलजलाचोकदेखि पञ्चमुखी हनुमान मन्दिर, ट्राफिकचोक आसपास र हिमालय रोडलाई पार्किङ निषेध गर्ने महानगरको यसअघिको निर्णयलाई कार्यान्वयनमा […]

प्रदेश सरकारहरुले सय दिन ढुक्कसाथ विताउन नपाउनु दुःखत : मुख्यमन्त्री कार्की

विराटनगर ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारहरुले एक सय दिन पनि राम्रोसँग मनाउन नपाउनु दुःखत भएको बताउनु भएको । गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनपछि बनेको प्रदेश सरकारहरुले राम्रोसँग एक सय दिन कटाउन नपाएको उहाँको भनाई छ । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारहरुमा समस्या आएको उहाँले बताउनुभयो । […]

कोशी प्रदेश सरकारको एक सय दिने उपलब्धि सार्वजनिक ( पूर्णपाठ सहित)

विराटनगर ५ वैशाख । कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गरेको । सरकार गठन भएको एक दिन पुरा गरेको अवसरमा मंगलबार सरकारले गरेका कामहरु मुख्यमन्त्री हिक्मतकुमारी सार्वजनिक गर्नुभयो । उहाँले सार्वजनिक गरेको उपलब्धि अनुसार शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, […]

अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या : उद्योग संगठन मोरङ

विराटनगर ४ वैशाख । अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालनमा समस्या भएको भन्दै उद्योग संगठन मोरङले सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ । लामो समय देखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल वनेको उद्योग व्यवसाय क्षेत्रले गत पौष महिना देखि भोग्दै आएको विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व […]

प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर, ४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ । आज विराटनगरमा आयोजित ‘कोशीप्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड […]