विराटनगर २४ कात्तिक । आर्थिक अवस्था कमजोर भएका सुनसरीको देवानगञ्ज १ का ४० बर्षीय बुधराम पालमा स्वास्थ्य उपचारमा सहयोग गर्न परिवारका सदस्यहरुले आग्रह गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण मजदुरी गरेर परिवार चलाउँदै आउनु भएका पालको काम गर्ने क्रममा टाउकोमा चोट लागी गम्भीर घाईते हुनु भएको छ । उहाँको गोल्डेन अस्पताल विराटनगरको भेन्टिलेटर राखेर अहिले उपचार भईरहेको छ ।
उपचारका लागि ठूलो रकम आवश्यक परेकाले परिवारका सदस्यले सहयोग गर्न अनुरोध गरेका छन् । मोबाइल नम्वर ९८१६३३७२९४ मा फोन गरेर आर्थिक सहयोग उपलब्ध गराइदिन परिवारका सदस्यहरुको आग्रह छ ।