विराटनगर ५ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारहरुले एक सय दिन पनि राम्रोसँग मनाउन नपाउनु दुःखत भएको बताउनु भएको ।
गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनपछि बनेको प्रदेश सरकारहरुले राम्रोसँग एक सय दिन कटाउन नपाएको उहाँको भनाई छ । राष्ट्रिय राजनीतिमा नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारहरुमा समस्या आएको उहाँले बताउनुभयो ।
कोशी प्रदेश सरकार गठनको एक सय दिन पुरा गरेको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धि विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले कोशी प्रदेश बाहेक कुनै पनि सरकारले सय दिन राम्रोसँग कटाउन नपाएको बताउनुभयो । मुख्यमन्त्री कार्कीले आम सहमतिका साथ प्रदेश सरकार सञ्चालनका लागि आह्वान समेत गर्नु भउको छ । ६ राजनीतिक दलको सहभागिता रहेको कोशी प्रदेशमा आम सहमतिका साथ सरकार सञ्चालन गर्दै प्रदेशलाई सवलीकरण गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ कोशी प्रदेशबाट नयाँ सन्देश दिन सकिन्छ ।’ प्रदेशमा बहुमत नआउँदा सम्म मिलेर सरकार सञ्चालन गरि प्रदेशको सवलिकरणमा उहाँले जोड दिनुभयो ।
मुख्यमन्त्री कार्कीले कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएको लगायतका विषय सय दिने उपलब्धिमा उल्लेख गर्नुभएको छ ।