विराटनगर २४ कात्तिक । विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ । मोरङ जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफलभएको छ ।
अघिल्लो आर्थिक वर्षभन्दा विराटनगर १६ औं स्थानबाट पाँचौं भएको थियो । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महानगरले महत्वपूर्ण उपलब्धि हासिल गरेको स्वास्थ्य महाशाखाका प्रमुख डा. दिलीपकुमार यादवले बताउनुभयो । ‘अघिल्लो आर्थिक वर्षभन्दा हामी निकै राम्रो अवस्थामा आइपुगेका छौं,’ उहाँले भन्नुभयोे, ‘हामीले आगामीदिनमा केही मेहेनत थप्यौं भने अझै राम्रो गर्न सक्छौं ।’
महानगरको कुशल नेतृत्व र टिमवर्कका कारण महानगरले स्वास्थ्य क्षेत्रमाउल्लेख्य सुधार गर्न सकेको जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताउनुभयो । कार्कीका अनुसार स्वास्थ्यका ४८ वटा विभिन्न सूचकहरूबाट मूल्यांकनका आधारमा स्थान तय गरिन्छ । कार्कीले चालु आर्थिक वर्षमा पहिलो नम्बरमा पर्ने लक्ष्यसहित कार्य गरिरहेको जानकारी दिनुभयो ।
महानगरका सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरूको अथकप्रयास र मेहनताका कारण यो सफलताप्राप्त गरेको उहाँको भनाइ छ । सोमबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख यादव, जनस्वास्थ्य अधिकृत कार्की र तथ्यांक अधिकृत दीपक भट्टराईले सो पुरस्कार ग्रहण गर्नु भएको थियो ।