विराटनगर १ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँवर्ष २०८० कोशी प्रदेशको विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षका रुपमा अंकितहुने विश्वास लिनु भएको छ ।
नयाँ बर्षको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग र योगदान पुर्याउँदै विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानमा सहभागीहुन आग्रह समेत गर्नु भएको छ । नयाँ आशा, उमङ्ग र उत्साह सहित नयाँवर्ष २०८० ले सुखी र खुसीको सञ्चार सहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । नयाँवर्षको आगमनसँगै मुलुकशान्ति, स्थिरता, सुशासनका साथै स्वच्छ,सुखी र समुन्नत प्रदेशको लक्ष्य हासिल गर्ने स्पष्ट गन्तव्य सहित अगाडि बढिरहेको हुँदाहामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस भन्ने उहाँले कामना गर्नु भएको छ ।
वर्ष २०७९ निर्वाचन मार्फत तीनतहकै नयाँ सरकार गठन गरी सङ्घीयताको कार्यान्वयनपक्षलाई थप मजबुतबनाउन एंव नामकरण मार्फत प्रदेश संरचनाको संस्थागत विकासका लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रुपमा रहेको मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले सन्देशमा भन्नु भएको छ,‘ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको दोस्रो आमनिर्वाचनमार्फत भर्खरै गठन भएको प्रदेश सरकार प्रदेशको आर्थिक सामाजिक रुपान्तरण सहित आम प्रदेशवासीको जीवनस्तर सुधार गर्दै विकास र समृद्धि हासिल गर्न दृढ सङ्कल्पित रहेको विश्वास दिलाउन चाहन्छु । ’