विराटनगर २५ पुस । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी बैसाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला […]
विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]
विराटनगर २१ पुस । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । […]
विराटनगर २० पुस । तेजस्वी वचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा देवी चुँडाल निर्वाचित हुनु भएको छ । सहकारीको आज सम्पन्न १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चुँडालको अध्यक्षमता १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित समितिकाे उपाध्यक्षमा शम्भु पाेखरेल, सचिवमा मीना केसी, काेषाध्यक्षमा कमल काेइराला रहनु भएकाे छ । सदस्यहरूमा […]
विराटनगर, २० पुस । खाद्य स्वच्छता र गुणस्तरका लागि स्वयं उपभोक्ताहरु पनि सजग र सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । खाद्य दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे जानकारी दिन शुक्रबार आयोजित अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ताहरु सचेत हुन सके व्यापारीले बजारमा खाद्य गुणस्तरहिन वस्तु बेच्नै नसक्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले खाद्य स्वच्छताका लागि […]