
विराटनगर, १ साउन । नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले अल्फाबिटा समूहका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत द्धीराज शर्मासँग लर्निंग सेसन सम्पन्न गरेको छ ।
विराटनगरमा बुधवार सम्पन्न लर्निंग सेसनमा अल्फाबिटाका अध्यक्ष शर्माले युवा उद्यमीहरुसँग व्यापारिक यात्राका दौरान भोगेका कठिनाई र सफलता बारे जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले स्वदेशमै मेहेनत गरेर उद्योग व्यवशायमा लाग्न एवम् आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष शर्माले अल्फाबिटाको २५ बर्षे यात्रा र यहाँसम्म पुग्न गरेको मेहेनत, कठिनाई र सफलताको बारेमा पनि चर्चा गर्नुभएको थियो । अहिले यसरी युवा माँझ बसेर आफ्नो अनुभव सुनाउन पाउँदा खुशी महशुस भएको बताउँदै उहाँले युवा व्यवशायीहरुलाई स—साना अल्झनमा नालागि अगाडि बढे सफलता हात पर्ने र एकदिन अवश्य सफल हुने भन्दै हौसला प्रदान गर्नुभयो । अल्फाबिटाका अध्यक्ष शर्माको व्यवशायिक सञ्जाल नेपाल लगायत अन्य बिभिन्न मुलुकमा पनि छ ।
कार्यक्रममा सहभागी युवाहरुले शर्माले गर्नुभएको काम, परिश्रम र कठिनाई सँगसँगै सफल उद्यमी बन्न आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने जिज्ञासा राखेका थिए । युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले एकपछि अर्को गर्दै यसखाले कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।
मञ्चले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सीए सुरज तिम्सिना, अर्थविद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलगायतसँग लर्निङ सेसन कार्यक्रम सम्पन्न गरिसकेको छ ।
यसखाले कार्यक्रमले युवाहरुलाई व्यवशाय अभिवृद्धिको ज्ञान प्राप्त हुने र नयाँ युवाहरुलाई पनि आत्मनिर्भर बन्ने प्रेरणा मिल्ने मञ्चका विराटनगर अध्यक्ष सञ्जीव सिग्देलले बताउनुभयो । कार्यक्रममा युवा उद्यमी मञ्च विराटनगर च्याप्टमा आवद्द युवा व्यवसायीहरुको सहभागिता थियो ।