१ हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोले

विराटनगर २० फागुन । फागुन २१ गते भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये १ हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ । निर्वाचनमा भाग लिएका ६५ […]

मोरङमा ५० उम्मेदवारले मात्रै खोले बैंक खाता, ६० जनाको बाँकी

विराटनगर ९ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङमा ११० जना उम्मेदवार छन् । निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्ने उम्मेदवारको संख्या ५० पुगेको छ । अझै ६० जना उम्मेदवारले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । बैंक खाता खोल्नका लागि प्रदेश निर्वाचन […]

काेशी प्रदेश लगानी सम्मेलन : ५० वटा परियोजना कार्यान्वयनको चरणमा

विराटनगर १ फागुन । गत बैशाखमा कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका ५० वटा परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। प्रदेशहरूमा पहिलो पल्ट भएको लगानी सम्मेलनको फलो अप कार्यक्रम अन्तर्गत बिहीबार विराटनगरमा लगानी सम्मेलनका उपलब्धिका बारेमा समीक्षा गरिएको छ। कोशी […]

नेपालमा लगानीकाे वातावरण सहज बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर २९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र विश्वभर छरिएका नेपालीभाषीहरूलाई स्वदेशमा सहज रूपमा लगानी गर्ने र आर्जन गरेको रकम फिर्ता लैजाने कानुनी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारले आयोजनामा गत बैशाखमा सम्पन्न लगानी सम्मेलनको उपलब्धि र प्रक्रियागत पक्षबारे आज विराटनगरमा आयोजित सरोकारवाला निकायसँग छलफल कार्यक्रममा उहाले […]

संविधान अनुसार सरकारहरु चल्न सकेनन् : मुख्यमन्त्री कार्की

विराटनगर २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो अनुरूप नभएको बताउनुभएको छ । आज विराटनगरमा प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर कतिपय विषय संघीय सरकारमा पठाउँदा पनि काम समस्या समाधान […]