विराटनगर बजारबाट पुराना र कुच्चिएका ५६ पानीका जार नष्ट

विराटनगर १५ भदौ । विराटनगर बजारमा प्रशोधित पिउने पानीका जारको अवस्था तथा गुणस्तरबारे संयुक्त अनुगमन गरिएको छ । अनुगमनका क्रममा पुराना तथा कुच्चिएका ५६ थान पानीका जार नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र नेपाल प्रहरीसहितको संयुक्त अनुगमन टोलीले सोमबार […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब संकलन

विराटनगर १२ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैंकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख […]

मोरङको रिजालको भान्सा ग्यासलाई पौने ३ लाख जरिबाना

विराटनगर २९ साउन । एलपी ग्यासको वितरण व्यवस्थापन र बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि मोरङ जिल्ला प्रशासन कार्यालयले ग्यास उद्योग र पसललाई जरिबाना गराएको छ । साउन २७ गते वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको संयुक्त टोलीले अनुगमन गरेको थियो । सो क्रममा […]

नेपालमै रोजगारीको वातावरण बनाउन सरकार गम्भीर : मन्त्री यादव

विराटनगर २९ साउन। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवालाई नेपालमै रोक्न स्वदेशको श्रम बजारलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउनुपर्ने बताएका छन्। श्रम तथा रोजगार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री यादवले युवालाई नेपालमै रोजगारी खोज्न आग्रह गरेर मात्रै नपुग्ने भन्दै उनीहरूले आफ्नो भविष्य स्वदेशमै देख्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। मन्त्री […]

विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक

विराटनगर २७ साउन । जगदम्बा मोटर्सले विराटनगरमा टिभीएस अरविटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सको आधिकारिक विक्रेता पश्र्वनाथ डेभलपर्सका प्रवन्ध निर्देशक प्रशान्त तातेडले एक कार्यक्रमकावीच इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्नु भएको हो । इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै उहाँले विराटनगरमा टिभीएस अरविटर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अरविटरले दुईपाङ्ग्रे इभी बजारमा अग्रणी बन्ने […]