सरकारी कामकाजको भाषा बिधेयकबारे दुई दलीय संयन्त्रमा छलफल

विराटनगर २९ साउन । नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा बिधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरुको (बान्तवा, चाम्लिङ र थारु लगायत) आवाजहरुलाई समेट्ने र संबोधन गर्ने तथा प्रदेश सरकारको समग्र पक्षको बारेमा छलफल भएको नेकपा […]

कोशी प्रदेशका बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर २९ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल संगठनहरुको अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन निर्देशन दिनु भएको छ । कोशी प्रदेशका १४ वटै जिल्लामा रहेका बाल संगठनको भौतिक तथा आर्थिक अवस्थाबारे प्रतिवेदन तयार गरि बुझाउन उहाँले निर्देशन दिनु भएको हो । नेपाल बाल संगठन कोशी प्रदेश स्तरिय भेला/प्रशिक्षण कार्यक्रमको आज सामाजिक विकास मन्त्रालयमा […]

कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

विराटनगर २९ साउन । कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । थारु समुदायका दुई दर्जन बढी संघसंस्थाका पदाधिकारी सहित थारु बुद्धिजीवी र थारु अगुवाहरूले आज विराटनगरमा पत्रकार सम्मेलन गरि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको हो । उनीहरुले कोशी प्रदेश सभामा पेश गरिएको भाषा सम्बन्धी विधेयकलाई संशोधन गरेर […]

विराटनगरकी शान्तिदेवीलाई ८९ वर्षमा नागरिकता

विराटनगर २९ साउन । विराटनगरकी एक बृद्धाले ८९ वर्षमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका वडा नं ८ स्वागत चौककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाउनु भएको हो । शान्तिदेवीले नागरिकता पाएपछि उहाँका ३ छोरा र बुहारीहरुले पनि नागरिकता पाएका छन् । उहाँले बैवाहिक अंगिकृत नागरिकता पाउनु भएको हो । शान्तिदेवीका श्रीमान योगी शर्माको १७ […]

विराटनगरको बाल सुधारगृहको अवस्था सामान्य

विराटनगर, २८ साउन । एक्कासि झडप भएर अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा आएको छ । सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन् । विराटनगर महानगरपालिका–३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएको थियो । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो । उनीहरुबीच के […]