विराटनगर ५ मंसिर । राष्ट्रिय उर्जाशिल पार्टीले दल दर्ताकाे प्रमाणपत्र प्राप्त गरेकाे छ ।
निर्वाचन आयोगले आज राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष याेगेन्द्र मण्डललाई दल दर्ताको प्रमाणपत्र दिएकाे हाे । पार्टीको चुनाव चिन्ह चापाकल छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चापाकल चुनाव चिन्हबाट निर्वाचित हुनु भएको थियो ।
माेरङ क्षेत्र नं ५ का निवर्तमान स्वतन्त्र सांसद मण्डलले कात्तिक १९ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भएको थियो ।
आयोगका सचिव महादेव पन्थले दल दर्ताको प्रमाणपत्र अध्यक्ष मण्डललाई हस्तान्तरण गर्नु भएकाे थियाे ।
राष्ट्रिय उर्जाशिल पार्टीमाअध्यक्ष मण्डल सहित २७ सदस्यीय केन्द्रीय समिति छ ।