विराटनगर ९ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ । एमालेका नेताद्वय महेश बर्ताैला र सुनिता बरालले हिजो (मंगलबार) सर्वाेच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त निवेदन दर्ता भएको सर्वाेच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी […]
विराटनगर ९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनु भएको छ । उहाँले पार्टीका सबै कमरेडहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक […]
विराटनगर ९ मंसिर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । २१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी […]
विराटनगर ८ मंसिर । कोशी प्रदेशबाट १ लाख ५७ हजारले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । असोज १० देखि कात्तिक मसान्त र पछि थप गरिएको मंसिर ५ गते सम्मको अवधिमा कोशी प्रदेशका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत गरि १ लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली दर्ताका […]
विराटनगर ७ मंसिर । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम पर्ने हुनाले रोकथामका लागि तीन तहको सरकार सम्वेदनशील हुनु जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आज विराटनगरमा आयाजित बालबिवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धमा प्रादेशिक राष्ट्रिय जाँच वुझ परामर्श कार्यक्रममा सहभागीहरुले बालविवाहले किशोरीको अधिकार हनन् हुनुका साथै शैक्षिक क्षेत्रबाट […]