विराटनगर ९ मंसिर । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ ।
एमालेका नेताद्वय महेश बर्ताैला र सुनिता बरालले हिजो (मंगलबार) सर्वाेच्चमा रिट निवेदन पेश गरेका थिए । उक्त निवेदन दर्ता भएको सर्वाेच्च प्रशासनले जनाएको छ । त्यस्तै, यही मंसिर १७ गतेका लागि पेशी तोकिएको पनि जानकारी गराइएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए । उनको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए ।
कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेका हुन् । त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ ।