बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व

विराटनगर, १७ असोज । बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व । आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन […]

निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ?

काठमाण्डौं, १७ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र संख्या र निर्वाचन क्षेत्रले आगटेको क्षेत्रलाई २०-२० प्रतिशत भार मानिएको आयोगले जनाएको […]

महानगरका मेयर कोइरालाद्धारा माछा–मासु पसलको अनुगमन, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर, १४ असोज । महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु पसलले खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको भेटिएको थियो । मेयर कोइरालाको नेतृत्वमा गरिएको आकस्मिक अनुगनका क्रममा […]

महानगरको सरसफाई विशेष अभियान चौथो हप्तामा प्रवेश

विराटनगर, १४ असोज । विराटनगर महानगरपालिकाले सुरु गरेको महानगर सफाई विशेष अभियान चौथो हप्तामा प्रवेश गरेको छ । अभियानअन्तर्गत आज विराटनगर वडा नम्बर १ को त्रिवेणी मार्ग र आसपासको क्षेत्रको सफाई गरिएको छ । झाडु बोकेर महानगरका मेयर नागेश कोइराला सफाई अभियानमा आफैं खटिनु भउको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, विराटनगर वडा […]

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

विराटनगर, १३ असोज । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो । डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सातै प्रदेशका ७६ जिल्लामा […]