निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, २७ चैत । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नु पर्ने बताउनु भएको छ । मोरङ व्यापार सङ्घद्वारा यही चैत १८ गतेदेखि विराटनगरमा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’को आज समापनका अवसरमा उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीति नियम एवं कानून निर्माण गर्ने […]

विराटनगर महानगरको प्रमुखमा एमालेबाट ५ जनाको दावी

विराटनगर, २७ चैत । विराटनगर महानगरका लागि एमालेबाट ५ जनाले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुखमा महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम वस्नेत र प्रदेश कमिटी सदस्य महेश भट्टराईले दावी गरेका हुन […]

अराजक अर्थमन्त्रीको गलत कदममा प्रधानमन्त्रीले साथ दिए : पूर्व अर्थमन्त्रीहरु

विराटनगर, २७ चैत । नेकपा एमालेका तीन पूर्वअर्थमन्त्रीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे संयुक्त रुपमा वक्तव्य जारी गर्दै राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप भएको बताएका छन । राजधानीमा पत्रकार सम्मलेन गर्दै उनीहरुले १२ बुँदे विज्ञप्ति जारी गरेका हुन । गठबन्धनको सरकारले समयानुकुल आर्थिक अवस्थालाई पहिचान गरी बजेट तथा मौद्रिक नीति नल्याउँदा अहिले आर्थिक संकट आइपरेको उनीहरुको आरोप छ […]

गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले निर्लज्जता प्रकट गर्यो : केपी ओली

विराटनगर, २६ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताउनु भएको छ । अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको […]

डा. यादवका आफन्तद्धारा न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, २६ चैत । गत चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफन्त तथा स्थानियले विराटनगरमा प्रदर्शन गरेका छन । उनीहरुले डाक्टर यादवको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षले डाक्टर विजय यादव न्याय संघर्ष […]