विराटनगर ८ जेठ । कोशी प्रदेशसभाको दोश्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आह्वान गर्न सिफारिस गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश निजामति सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ । यस्तै स्थानीय सेवा ( गठन तथा सञ्चालन ) अध्यादेश २०८० लाई पनि प्रदेश सभामा पेश गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयोे ।