जनताको सेवक भएर काम गर्न स्वतन्त्रमा मेरो उम्मेदवारी : मण्डल

विराटनगर २८ असोज । मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवारी दिनु भएको योगेन्द्र मण्डल ‘जोगी’ले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा स्वरोजगार निर्वाचनको आफनो मुल एजेन्डा रहेको वताउनु भएको छ । निर्वाचन क्षेत्र कटहरीमा आज पत्रकार सम्मेलन गर्दै मण्डलले जनतालाई केन्द्रविन्दुमा राखेर आफुले स्वतन्त्र उमेदवारी दिएको वताउनुभयो । लामो समयदेखी क्षेत्र नं. ५ […]

आरके सिटी सेन्टरलाई एक महिना भित्र कर बुझाउन महानगरको निर्देशन

विराटनगर, २८ असोज । विराटनगर ८ मा रहेको आरके सिटी सेन्टरलाई एक महिना भित्र कर बुझाउन विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ । सिटी सेन्टर सञ्चालनमा आएदेखिको कर महानगरमा नबुझाएपछि शुक्रबार विराटनगर ८ को वडाध्यक्षको नेतृत्वमा राजश्व महाशाखा प्रमुख सरोज गौतम सहितको महानगरको टोलीले सिटी सेन्टरका व्यवस्थापक प्रमोद विष्टलाई एक महिना भित्र कर बुझाउन निर्देशन दिएको […]

होम डेलिभरी गरिएको चिकन चिल्लीमा साङ्लो

विराटनगर, २८ असोज । विराटनगर १ की कविता बरालले होम डेलिभरी मार्फत खरिद गरेको चिकन चिल्लीमा साङ्गो फेला परेको छ । विराटनगर ४ कञ्चनबारीमा रहेको शुभ ब्याङ्केट एण्ड रेष्टुरेन्टले तयार गरेको चिकन चिल्ली क्वीकर फुड मार्फत बरालले खरिद गरेकी थिईन । चिकन चिल्ली प्याक खोलेर खानेक्रममा साङ्लो भेटिएपछि विराटनगर महानगरपालिकामा उहाँले उजुरी गर्नुभएको थियो । […]

मोरङबाट ११ जनाद्धारा उम्मेदवारी फिर्ता

विराटनगर २६ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएका मध्ये ३ जना प्रतिनिधिसभा तर्फ उम्मेदवारी दिएका छन् भने ८ जना प्रदेशसभा तर्फ उम्मेदवारी दिनेहरु रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए । […]

महानगरद्वारा बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा सुरु

विराटनगर २६ असोज । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको बैजनाथपुर स्वास्थ्यचौकीबाट प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बुधबार एक समारोहका बीच उद्घाटन गरे । विराटनगर–१९ स्थित स्वास्थ्यचौकीबाट आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको मेयर कोइरालाले बताए । “मैले चुनावी घोषणापत्रमै स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेको […]