विराटनगर,९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आइतबार दिनको २ वजे आह्वान गर्नु भएको छ ।
प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको यही जेठ ८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम सो आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख खापुङ समक्ष आगामी जेठ १४ गते प्रदेशसभा आह्वान गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख खापुङलाइ जानकारी गराउनु भएको थियो ।