आन्दोलनकारीसँग बार्ता गर्न कोशी प्रदेश कांग्रेस संसदीय दलको माग

विराटनगर ११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन ।

आज प्रेस विज्ञप्ति जारी गर्दै काग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी शान्तिपूर्ण वातावरण सृजना गर्न प्रदेश सरकार समक्ष आग्रह गर्नुभएको हो । कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर , १ नामांकन संघर्ष समितिले गरेका विभिन्न कार्यलाई शान्तिपूर्ण , संयमित र मानवअधिकार उल्लंघन नहुने गरि आफ्ना जायज माग राख्न पनि थापाले आग्रह गर्नुभयो ।

सरकारी पक्षबाट धरपकट गर्ने , कफ्र्यु लगाउने , गोली हान्ने , लाठी चार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोकी परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको खोजी गर्न नेता थापाले आग्रह गर्नुभयो ।