विराटनगर १६ माघ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन महानगरपालिकाले होटल तथा मदिरा व्यवसायीहरुसँग आग्रह गरेको छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले महानगरले सुरु गरेको अभियानमा साथ दिन व्यवसायीहरुसित आग्रह गरे । उनले […]
विराटनगर १६ माघ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी ओयोगले सो जानकारी गराएको हो । त्यस्तै, आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन […]
विराटनगर, १६ माघ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर आज सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस […]
विराटनगर १६ माघ । विराटनगर रानी क्षेत्रबाट एक बालिका सहित दुई जनाको उद्धार गरिएको छ । साना हातहरु नेपालले भापाकी २७ बर्षिया महिला र १४ बर्षिया बालिकालाई सीमा क्षेत्रबाट उद्धार गरेको हो । माघ १२ गते झापाबाट काम खोज्दै विराटनगर आएका उनीहरुको भारतको सुपौलका ४० बर्षिय बाबु साहव र अररियाका मोहम्वत जागिरसँग विराटनगरको एक होटेलमा […]
विराटनगर १६ माघ । नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो । नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् […]