विराटनगर ६ भदौ । कोशी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिस्कार गरेका छन् । सोमबारका प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखकोे भूमिकामा रहेका अध्यक्ष मण्डलका सदस्यले गैह्र संवैधानिक कार्य गरेको भन्दै दुवै दलले प्रदेश सभाको बैठक बहिस्कार गरेका हुन् । कोशी प्रदेश […]
विराटनगर ६ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै नेकपा एमालेले सर्वाेच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, भदौ ४ का सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर […]
विराटनगर ६ भदौ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिकभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपप्रमुख कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको औंल्याउनुभयो । […]
विराटनगर ५ भदौ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको बताउनु भएको छ । उहाँले संविधान मिचेर गरिएको कार्य विरुद्ध सर्वाेच्च अदालत जाने बताउनुभयो । प्रदेश चौतारी कोशी प्रदेशको प्रथम साधारणसभा कार्यक्रममा नेता कार्कीले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले […]
विराटनगर ५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत भएको बताउनु भएको छ । सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने इस्राइल मन्सुरीले मतदान गर्नु गलत भएको उहाँले बताउनु भयो । बैठकको अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएको […]