विराटनगर २० चैत । कोशी अस्पताल विराटनगरले पहिलो पटक टाउको खोलेर मस्तिष्कभित्र गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न सफल भएको छ । मोरङको जहदा गाउँपालिका – २ नयाँटोलका ७ वर्षीय बलवीर राजभारको टाउकोभित्र मस्तिष्कमा गाडिएको हड्डी शल्यक्रिया गरी निकाल्न कोशी अपताल सफल भएको हो । अस्पतालका न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवको नेतृत्वको चिकित्सकीय टिमले राजभारको मस्तिष्कमा […]
विराटनगर, १९ चैत । पूर्वाञ्चल विश्वविद्यालयले आज ६ हजार विद्यार्थीलाई दिक्षित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुन्दरहरैचाको गोठगाउँमा आज भएको ११ औं दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् । कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर […]
विराटनगर १८ चैत । नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएनुभयो । उहाँका अनुसार आज काठमाडौंमा बसेको एमालेको […]
विराटनगर १८ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । पाहुना टोली कानपुरले दिएको […]
विराटनगर १७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार […]