मुख्यमन्त्री थापाले ४ गते विश्वासको मत लिने

विराटनगर १ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री थापाले भने भदौ ३ गते विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिनु भएको थियो । उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिनु भएको थियो । सभामुखका भूमिकामा रहनुभएकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।