विराटनगर कार्यपालिकामा सत्तागठबन्धन पराजित, एमाले–स्वतन्त्र विजयी

विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । ९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन् । कार्यपालिकामा अल्पसंख्यक तर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र […]

बुढीगंगा कार्यपालिकामा एकल बहुमत भएको कांग्रेस पराजित

विराटनगर, १९ जेठ । स्थानीय तहको निर्वाचनमा एकल बहुमत जितेको नेपाली काँग्रेस आन्तरिक विवादको कारण मोरङको बुढीगंगा गाउँकार्यपालिका निर्वाचनमा पराजित भएको छ । गाउँपालिकाका निर्वाचित भएका ३७ जनप्रतिनिधिमध्ये अध्यक्ष, उपाध्यक्ष, ५ वडाध्यक्षसहित २२ जना काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट १ वडाध्यक्षससहित १० जना र माओवादी केन्द्रबाट १ वडाध्यक्षसहित ५ जना निर्वाचित भएका […]

४० लाख बराबरको अवैध सामानसहित भारतीय नागरिक पक्राउ

विराटनगर, १९ जेठ । विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक जना भारतीय नागरिकलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ । भारतीय ट्याक्टरमा राखेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको तस्करीका सामानसहित ३४ वर्षीय श्याम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । चौधरी भारतको अररिया जिल्लाको जोगवनी–१० टिकुलियाका बासिन्दा हुन् […]

हरिया रुख काटेर एयरपोर्ड रोडको ब्युटिफिकेसन

विराटनगर, १७ जेठ । विराटनगरस्थित एयरपोर्ट रोडका डेढ दर्जन हरिया रुख काटेर सडक (रोड) ब्युटिफिकेसनको काम अघि बढाएको पाइएको छ । ब्युटिफिकेसनका नाममा वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर प्राकृतिक विनाश गर्न खोजिएको भन्दै विरोध सुरु भएको छ । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम […]

कोरोना बिमा भुक्तानी दिन उच्च अदालत विराटनगरको आदेश

विराटनगर, १६ जेठ । उच्च अदालत विराटनगरले कोरोना बीमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा सोमबार परामादेश आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले २०७८ भदौ २१ गते […]