विराटनगर १५ साउन । नेकपा एमाले मोरङले कार्यविभाजन गरेको छ । मोरङको सुन्दरहरैचामा आज सम्पन्न दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको हो । पूर्ण बैठकले अध्यक्ष अजम्वर राईलाई स्थानीय विकास विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । उपाध्यक्ष सागर थापालाई, स्थानीय मामिला तथा प्रशासन विभाग प्रमुख, सचिव सोमराज थापालाई, संगठन विभाग प्रमुख, उपसचिव […]
विराटनगर १४ साउन । ब्राइट भिजन ल कलेज विराटनगरमा नमूना अदालत (मुट कोर्ट) प्रतियोगिता गरिएको छ । कोशी प्रदेशमा पहिलो पटक ब्राइट भिजन कलेजले आयोजना गरेको प्रतियोगितामा कलेजका ७२ जना विद्यार्थीको १८ वटा समूह बनाएर प्रतिष्पर्धा गरिएको थियो । आईतबारदेखि शुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा लोकेश धाडेवा, प्रतिक गौतम, आकृति खनाल, मनिष सिग्देलको टोली […]
विराटनगर १४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विस २०८४ सम्म निरन्तर रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरि काम गर्नुपर्ने सुझाव दिनु भयो । केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट […]
विराटनगर १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछाने थुनामा जानुमा सरकारको हात नरहेको प्रतिक्रिया दिनु भएको छ । धनगढीमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लामिछानेमाथि सरकारले प्रतिशोध लियो भन्ने कुरा निराधार रहेको टिप्पणी गर्नु भएको हो । ‘विभिन्न किसिमका अपराध गर्याे अनि सरकारलाई गाली गर्यो, सरकार अदालत होइन, अदालतले थुन्छ कि […]
विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि […]