विराटनगर ५ असोज । निर्वाचन आयोगले मतदाता नामावली संकलन खोल्न कानुन संशोधनका लागि सरकारलाई प्रस्ताव गरेको छ । आयोग पदाधिकारीहरुको आइतबारको बैठकले मतदाता नामावली ऐन संशोधनका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद् को बैठकले यो ऐनलाई अध्यादेश मार्फत संशोधन गर्ने सम्भावना छ । निर्वाचन आयोग सूचना अधिकार सुमन घिमिरेका मतदाता नामावली ऐनको दफा […]
विराटनगर ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिनुभएको छ । डा. मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ । सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहनु भएको उहाँ जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर हुनु भएको थियो । तर […]
विराटनगर ५ असोज । जेनजी आन्दोलनका. क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा परी मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको भौतिक संरचनासहित अधिकांश अभिलेख नष्ट भएको छ । विराटनगरस्थित यी दुवै अदालतको अभिलेख शाखामा रहेका दुई लाखभन्दा बढी मिसिल जलेर नष्ट भएको बताइएको छ । २०२१ सालमा स्थापना भएको जिल्ला अदालतको अभिलेख शाखामा […]
विराटनगर, ४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जेनजीको आन्दोलन संविधान संशोधनतर्फ रहेको बताउनुभएको छ । विराटनगर स्थित कोइरालाल निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनु पर्ने भन्दै भदौ २३ र २४ गते भएको घटनाको अलग–अलग छानबिन हुनु पर्ने कुरामा जोड दिनुभयो । नेता डा. कोइरालाले संविधानमा कम […]
विराटनगर ४ असोज । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण […]