नेता कार्यकर्तालाई पक्राउ र धरपकड गरिए सरकारविरुद्ध प्रतिकारमा उत्रन एमालेको निर्देशन

विराटनगर ९ पुस । नेकपा एमाले कोशी प्रदेश कमिटीले एमालेका नेता कार्यकर्तालाई पक्राउ र धरपकड गरिए सरकारविरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिएको छ ।

सरकारले गर्न सक्ने धरपकड, आगजानी, लुटपाट र तोडफोडका विरुद्ध उभिन र निजी तथा सरकारी र सार्वजनिक सम्पत्तिको रक्षा गर्दै नागरिक सुरक्षाका लागि आन्दोलन र १४ वटै जिल्ला कमिटी मार्फत सम्पूर्ण पार्टी पङ्क्तिलाई शान्तिपूर्ण रुपमा खबरदारी गर्न, सद्भाव र्यालीहरू गर्न र विभिन्न स्वरुपका प्रदर्शन गर्न कोशी इन्चार्ज एवं पार्टी सचिव शेरधन राईले आग्रह गर्नुभयो । प्रदेश कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राईले सो आग्रह गर्नुभएको हो ।

सरकारद्वारा गठित छानबिन समितिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयान लिने बताइरहेका बेला कोशी प्रदेश कमिटीले छानबिन आयोगले बयान लिने हैसियत नराख्ने बताएको छ । एमाले सचिव शेरधन राईले अहिले बनेको छानबिन आयोगले छानबिन गर्न सक्ने हैसियत नराख्ने बताए ।

सरकारले निर्वाचनको रटान लगाएर प्रतिशोध साँधे प्रतिवादमा उत्रन नेता तथा कार्यकर्तालाई सचिव राईले निर्देशन दिनुभयो । एमाले प्रदेश कमिटीले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभाको पुनस्र्थापनासहित राजनीतिक सङ्कट समाधानका लागि सबैखाले प्रतिगमनकारी षडयन्त्रका विरुद्व उभिन र ऐक्यबद्वता जनाउन सबै लोकतन्त्रप्रेमी राजनीतिक दल, बौद्विक समुदाय, मानवअधिकारकर्मी, नागरिक समाज, उद्योगी, व्यवसायी, युवा, विद्यार्थीलगायतलाई आह्वान गरिएको प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।