मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्गको क्षेत्राधिकार अधिकतम २० मिटर तोक्न प्रधानमन्त्री ओली समक्ष आग्रह

विराटनगर १० साउन । मोरङ केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्ग सञ्चालनमा देखिएका समस्या र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरिएको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा सो क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य घनस्याम खतिवडाको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाको […]

कोशी प्रदेश ‘प्रदेश निजामती सेवा नियमावली’ स्वीकृत

विराटनगर ९ साउन । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश निजामती सेवा नियमावली स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका पनि स्वीकृत गरेको छ । उक्त निर्देशिका स्वीकृत गरेसँगै प्रदेशका जनताले कुनै प्रश्न, जिज्ञासा र सूचना माग गर्न पाउने मौलिक हकलाई सुरक्षित […]

सरकार नागरिकको सुरक्षाप्रति सम्वेदनशील : मन्त्री अधिकारी

विराटनगर ९ साउन । मोरङको सुनबर्सी नगरपालिका १ केचनामा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ । भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसारपसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले भाडा घरमा रहेको चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील […]

कोशी प्रदेश : ४६३ जनाको सुरक्षामा एक प्रहरी

विराटनगर ८ साउन । राष्ट्रिय जनगणना २०७८ अनुशार कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । सो जनसंख्यालाई सुरक्षा दिने प्रहरीको संख्या प्रदेशभर १० हजार ३२ छ । प्रदेशको दरबन्दी १० हजार ७१७ हो । दरबन्दी अनुसार ६८५ जनशक्ति अभाव रहेको कोशी प्रदेश प्रहरीका प्रमुख डिआईजी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । आर्थिक वर्ष […]

मोरङ रेडक्रसद्वारा जहदा गाउँपालिका र सशस्त्र प्रहरीलाई रवर वोट हस्तान्तरण

विराटनगर ७ साउन । नेपाल रेडक्रस सोसाइटी मोरङले विपदका समयमा नागरिकको उद्धारका लागि आज मोरङको जहदा गाउँपालिक र सशस्त्र प्रहरी बल नेपाल ३ नं हेड क्वाटर वुढीगंगालाई दुई थान रवर वोट लगायतका सामाग्री हस्तान्तरण गरेको छ । मोरङको कटहरी गाउँपालिकास्थित गोपाल फन पार्कमा आज आयोजित एक समारोह बीच रेडक्रसका मोरङ अध्यक्ष सुवोधकुमार सिंहले जहदा गाउँपालिकाका […]