आज महाशिवरात्रि पर्व

विराटनगर २५ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका […]

स्थानीय तहहरुले स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याउन आवस्यक

विराटनगर, २४ फागुन । प्रत्येक स्थानीय तहहरुले १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउन सके मात्र आधारभूत स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न सकिने सरोकारवालाहरुले बताएका छन । विराटनगरमा आयोजना गरिएको जनस्वास्थ्यको बहुपक्षिय सवाल विषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पालिकामा १५ बेडको अस्पताल खोलेर विशेषज्ञ सेवा दिनै नसकिने कुरा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने […]

राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता : लुम्बिनी प्रदेश र मधेश विजयी

विराटनगर २४ फागुन । विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा […]

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली विजयी

विराटनगर २३ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका   छन् । विराटनगर १९ स्थित बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित […]

अबण्डा बजेटमा राजनीतिक रजाईं

चीना थापा विराटनगर २३ फागुन । सार्वजनिक विद्यालयमा भौतिक पूर्वाधार विकास, भवन निर्माण, शौचालय, खानेपानी, कम्पाउण्ड वाल, फर्निचर शिर्षकमा विराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा ४० लाख रुपैयाँ अबण्डा राखेर खर्च गर्यो । महालेखापरीक्षक कार्यालयले यस्तो खर्चमा प्रश्न उठाएपछि महानगरले उक्त अबण्डालाई नगर कार्यपालिकाको निर्णय बमोजिम विभिन्न २० योजना तथा कार्यक्रममा खर्च गरेको जनायो । […]